नयाँ नोट छाप्नका लागी वर्षेनी ४ अर्व खर्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैं तथा तिहारका लागी नयाँ नोट निष्काशन गर्ने गरेको छ । विशेष दशैका समयमा सर्वसाधारणका लागी राष्ट्रबैंकले नयाँ नोट उपलब्ध गराउनका लागी निष्काशन गर्ने गर्दछ ।

यो वर्षको लागी पनि नेपाल राष्ट्र बैंकले नोट निष्काशन गरि असोज १० गतेबाट सर्वसाधारणको लागी साट्ने व्यबस्था गरेको छ । नयाँ नोट छाप्नका लागि वर्षेनी चार अर्बसम्म खर्च हुने पाइएकाे छ ।

ठुलो मात्रामा विदशी मुद्राको लागतमा नेपाली नोट निष्काशन गर्दा नेपाली नोट बाहिरीने गर्दछ । भर्खरै सय दरको ४० करोड थान नोट छापिएर आएको छ यसमा १ अर्ब २० करोड खर्च भएको छ । ती नोटको लागत एउटाको २.९९ रुपैयाँ पर्ने अवस्था छ । ठूलो विदेशी मुद्रा खर्चेर छापिएर ल्याएका नोटलाई राम्ररी प्रयोग गर्नु जरुरी पनि त्यतिकै रहेको छ । नोटको औसत आयुको विषयमा अहिलेसम्म पनि राष्ट्र बैङ्कबाट अध्ययन भएको छैन । तर पनि ५ देखि सय रुपैयाँसम्मको नोटको आयु २ वर्षमाथि र ५ सय र हजार दरका नोटको आयु तीन वर्ष प्लस छ भन्ने अनुमान हो । राष्ट्र बैङ्कको प्रयास ५ देखि सयसम्मको नोटको आयु तीन वर्ष बढी बनाउनु हो । अथवा जतिसक्दो यसको आयु बढाउनु राष्ट्र बैङ्कको उद्देश्य हो । सर्वसाधारणले नोटलाई सही तरिकाले प्रयोग गरे नोटको आयु बढाउन सम्भव छ ।

नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७५/०७६ मा ५ दरका नोट ४ करोड १८ थान विनाश गरेको अवस्था छ । १० दरको ४ करोड ६५ लाख थान, २० दरको ४ करोड २४ लाख थान, ५० दरको ४ करोड ५० लाख थान, १०० दरको ४ करोड १४ लाख थान, ५०० दरको ३ करोड १६ लाख थान र हजार दरको ५ करोड ३२ लाख थान गरेर ३० करोड थान झुत्रा नोट विनास गरेको छ । यो २०७४/०७५ को तुलनामा सुधार भए पनि सन्तोषजनक देखिएन । हाल बजारमा ४ सय ९२ अर्ब नोट चलनचल्तीमा छन् ।

यसरी पुराना भएका नोटहरु बेकामको भएर नष्ट गर्नुपर्दा पनि घाटा हुने गर्दछ । त्यसैले जतिसक्यो नोटको संरक्षण गर्नुपर्ने पर्दछ । राष्ट्र बैंकले नोट जतन नगर्नेलाइ कारबाही समेत गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?