हुवावेले नेपाली बजारमा ल्यायो पाँच वटा क्यामेरा भएको ‘नोभा फाइभ टी’

काठमाडौं । हुवावे कन्ज्युमर बिजनेस ग्रुप सीबीजी ले हुवावेको नयाँ स्मार्टफोन ह्वावे नोभा फाइभ टी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

पाँचवटा आर्टिफिसियल इन्टेलिजेन्स क्यामेरा भएको स्मार्टफोन नेपाली बजारमा ल्याएको आइतवारबाट ल्याएको हो ।

४८ मेगापिक्सेलको रियर क्यामेरा भएको यसमा १६ मेगापिक्सेलको वाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको बोकेह लेन्स रहेको छ। यी क्यामेराका कारण फोनले उत्कृष्ट फोटो खिच्ने कम्पनीको दाबी छ।

सेल्फीका लागि विशेष मानिने नोभा सिरिजको यो फोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा रहेको छ।

अटोमेटिक भिडियो एडिटिङ सुविधा पनि यो फोनमा रहेको छ। जसबाट टिकटक तथा सामाजिक सञ्जालमा भिडियो हाल्नेहरुका लागि उपयोगी हुने कम्पनीले जानकारी दिएको छ।एआई इमेज स्टेबलाइजेसन, अटो एक्सपोजर लक तथा अटो फोकस लक जस्ता एआई इन्ह्यान्स्ड फोटोग्राफी प्रविधि क्यामेरामा रहेको कम्पनीले जानकारी दिएको छ।

८ जीबी र्‍याम तथा इएमयूआई ९.१ अपरेटिङ सिस्टम रहेको फोनमा २२.५ हुवावे सुपरचार्ज प्रविधि पनि छ।

नीलो, कालो र बैजनी गरि यो फोन तीन रङ्गमा उपलब्ध रहेको छन् ।नेपाली बजारमा यो फोनको सुरुवाती मूल्य ५३ हजार ९ सय रुपैयाँबाट हुने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?