राजपा–समाजवादी एकता ‘ठाकुरकै नेतृत्वमा’

appharu
0
Shares

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) को नेतृत्व सोमबारबाट महन्थ ठाकुरले सम्हालेका छन् ।

अध्यक्षमण्डलका ६ सदस्यले पालैपालो संयोजन गर्ने सहमतिबमोजिम ठाकुरले दोस्रोपटक नेतृत्व लिएका हुन् ।नेतृत्व परिवर्तनसँगै समाजवादी पार्टीसँगको एकीकरण प्रक्रियाले गति लिने विश्वास गरिएको छ । महाधिवेशनअघि एकीकरण गर्ने कि पछि भन्ने विवाद पार्टीभित्र छ । अनौपचारिक छलफलका क्रममा वैचारिक र सांगठिनक विषयका धेरै मुद्दा टुंगोमा पुगेको दाबी दुवै पक्षका नेताको छ तर अध्यक्षमण्डल सदस्य राजकिशोर यादव र अनिल झा महाधिवेशनपछि मात्रै एकता गर्नुपर्ने कित्तामा उभिएपछि समस्या आएको राजपाका एक पदाधिकारीले बताए । अध्यक्षमण्डलका अर्का सदस्य महेन्द्रराय यादवका अनुसार महाधिवेशनअघि दुई पार्टीबीच एकीकरण गर्ने सम्भावना प्रबल बन्दै गएको छ । दुई पार्टीका वार्ता समितिले एकीकरणका लागि अनौपचारिक संवाद गरिरहेको उनले जानकारी दिए । ‘हाम्रो जोड एकीकरण भएपछि संयुक्त एकता महाधिवेशन गर्नेतिरै लक्षित छ,’ उनले भने । ठाकुर संयोजक बनेपछि एकता प्रक्रिया सहज बन्ने नेताहरूको विश्वास छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?