स्मिता भन्छिन् ‘कल्लाई थाहा छैन’ (भिडियो सहित)

काठमाडौं । गायिका स्मिता दाहालको नयाँ गीत कल्लाई थाहा छैन को म्युजिक भिडियो सार्वजनिक भएको छ । यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा स्मिता र हिमाल सागरको स्वर रहेको छ ।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा पुष्प खड्का र रेश्मा घिमिरेको अभिनय रहेको छ । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गर्नुभएको छ । गायिका दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालकी नातीनि हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?