‘काले दाइ’को नयाँ गीत ‘यो दुनियाँ मेरो लागि’ (भिडियो सहित)

काठमाडौं । असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘काले दाइ’को नयाँ गीत ‘यो दुनियाँ मेरो लागि’ सार्वजनिक भएको छ। इन्द्र रामजाली र गोविन्द श्रेष्ठको शब्द रहेको गीतमा गायक सुरज थापाको स्वर रहेको छ भने पवनवाङ लामाले संगीत दिनुभएको छ।

जातिय विभेदमा आधारित रहेर बनाइएको फिल्म ‘काले दाइ’ वडादसैंको अवसर पारेर असोज १७ गतेबाट देशभरका हलमा प्रदर्शन हुँदैछ । फिल्ममा इन्द्र रामजाली, अनू पराजुली, शिशिर भण्डारी, सुरेन्द्र केसी, गीता अधिकारी, सारिका अधिकारी, रामचन्द्र अधिकारी, शिव हरि बैरागी, उत्तम केसी लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?