‘छक्का पन्जा–२’ युट्युबमा सार्वजनिक (भिडियो सहित)

काठमाडौं । हलमा निकै राम्रो व्यापार गरेको चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा सार्वजनिक भएको छ । यो चलचित्र युट्युवमा राख्न निकै समय लागेको थियो ।

दिपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा युवायुवतीको अष्ट्रेलिया मोहको कथा व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ । चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहाडी, स्वस्तिमा खड्का, शिवहरी पौडेल, राजाराम पौडेल, किरण केसी लगायत कलाकारको अभिनय छ ।

विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्मको पटकथा अभिनेता गिरी स्वयम्ले तयार पार्नुभएको हो । निर्माण युनिटको दाबी अनुसार यो चलचित्रले हलमा करिब १५ करोड व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?