नेपाल आइडल सिजन ३ का उत्कृष्ट तीन प्रतिस्पर्धीलाई विश्व भ्रमणको जिम्मेवारी गृष्मा ब्रोडकास्टिङले पायो

काठमाडौं । नेपाल आइडल सिजन ३ का उत्कृष्ट तीन प्रतिस्पर्धीले विश्व भ्रमण गर्ने भएका छन् । टप ३ प्रतिस्पर्धीलाई विश्व भ्रमण गराउने जिम्मा गृष्मा ब्रोडकास्टिङले लिएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मीप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब उत्कृष्ट ३ को ग्राण्ड फिनाले पनि गृष्मा ब्रोडकास्टिङले नै गर्नेछ ।

गृष्मा ब्रोडकास्टिङका गृहेन्द्रले नेपाल आइडलसंग जोडिन पाउदा उत्साहित भएको बताउनुभयो । साथै नेपाल आइडल सिजन ३ का उत्कृष्ट तीनलाई विदेशमा रहेका हरेक नेपालीमाझ पु¥याउने प्रतिवद्धता जनाउनुभयो ।

गृष्मा ब्रोडकास्टिङले नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको छ । पछिल्लो समय जापानमा ‘साकुरा नाइट’ सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?