निजामती कर्मचारी कटौती गर्ने तयारीमा सरकार

काठमाडौं । सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताउनुभएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले लगानी अनुसार प्रतिफल नभएकाले निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको जानकारी दिनुभयो ।

अर्को प्रसंगमा सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो पनि गर्नुभयो । निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रूपमा लिनु पर्ने मन्त्री पण्डितको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?