कांग्रेसको नाराबाजीबीच प्रदेश १ मा मनमोहन विश्वविद्यालय विधेयक पारित

विराटनगर । नेपाली कांग्रेसको विरोधका बाबजुद प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार नेपाली कांग्रेसका सांसदहरुले प्रदेशसभामा नाराबाजी गरेपनि सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समय दिनुभयो । त्यसपछि, मन्त्री घिमिरेले पेश गरेको विधेयक नेकपाको बहुमत रहेको प्रदेशसभाले पारित गरेको हो ।

नेपाली कांग्रेसको विरोधका बाबजुद सामाजिक विकास समितिको प्रतिवेदनसहित उक्त विधेयक आइतबार प्रदेशसभामा पेश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?