प्रचण्डको प्रश्न : हामी साँच्चै कम्युनिस्ट नै जस्ता छौं त अहिले ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा कम्युनिष्ट आदर्शका बारेमा समीक्षा गर्ने बेला आएको बताउनुभएको छ । नेतृ सहाना प्रधानको पाँचौं स्मृति दिवसको अवसरमा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विचार, राजनीतिसँगै संगठनात्मक र जीवनको आचरणलाई प्रष्ट पार्न चुनौती रहेको बताउनुभयो ।

पार्टी एकता गरेपछि वा शासन सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेपछि आदर्श र विचारबाट थाहै नपाइ स्खलित हुँदै जाने प्रक्रिया सुरु भएको भन्दै उहाँले, ‘नाम त कम्युनिस्ट पार्टी नै छ । तर हामी साच्चै कम्युनिस्ट नै जस्ता छौं त अहिले ?’

उहाँले अगाडी भन्नुभयो, ‘भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं । के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त ? या हामी विस्तारै कांग्रेस या हिजोका निरंकुशतावादीहरुको जस्तै पद प्रतिष्ठाका निम्ति‘।’

उहाँले कम्युनिस्ट भन्नासाथ लामो समयदेखि गरिब, उत्पीडित, न्याय, स्वतन्त्रता, समानताका निम्ति लडेको भनेर सम्झिएर जनताले भोट दिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?