नेयमारको गोलमा लियोन पराजित

एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनलाई पराजित गरेको छ । आईतबार राति भएको खेलमा नेयमारको गोलमा पीएसजीले लियोनलाई १-० ले हराएर विजयी बनेको हो ।

खेलको ८७ औं मिनेटमा नेयमारले पीएसजीका लागि विजयी गोल गरेका थिए । जितसंगै शीर्ष स्थानको पीएसजीले लिगमा तीन अंकको अग्रता लिएको छ ।

अघिल्लो हप्ता स्टार्सवर्गविरुद्वको खेलमा दोस्रो हाफको ईन्जुरी समयमा नेयमारले पीएसजीका लागि एक मात्र विजयी गोल गरेका थिए ।लगातार दोस्रो खेलमा समेत अन्तिम समयमा गोल गर्दै नेयमारले घरेलु टोलीलाई स्तब्ध पारेका हुन् ।

तस्वीर गूगल

नेयमारले पीएसजीका सुरुवाती पाँच खेल गुमाएका थिए । उनी बार्सिलोनासंग जोडिएपछि मुख्य प्रशिक्षक थोमस टुचेलले उनलाई टिम बाहिर राखेका थिए ।

उनी टिममा फर्किएपनि च्याम्पियन्स लिगको सुरुवाती तीन खेल गुमाउनेछन् । उनलाई युईएफएले तीन खेलका लागि निलम्बन गरेको छ । सोही कारण रियल मड्रिडविरुद्वको पहिलो खेलमा उनी मैदानमा देखिएनन् ।

फ्रेन्च लिगको शीर्ष स्थानको पीएसजीले ६ खेलबाट १५ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?