के सलमान र क्याट्रिना साच्चै प्रेममा छन् ?

एजेन्सी । सलमान खान र क्याट्रिना कैफको जोडीलाई रिल लाइफमा धेरैले मन पराएका छन् । यी दुईले काम गरेका हरेक फिल्महरु हिट भएका छन् । यो जोडी रियल लाइफमा पनि कुनै समय जमेको थियो ।

केही दिनपहिले क्याट्रिनाले सलमानसँगको आफ्नो सम्बन्धबारे खुलासा गर्नुभएको छ । क्याट्रिनाले इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा उहाँले भन्नु भएको छ म र सलमान राम्रो साथीबाहेक अरु केही होइनौँ । हामी दुई पछिल्ला १६ वर्षदेखि साथी भएका छौँ । उनी सधैं मलाई समर्थन गर्छन् । उनी एक राम्रा मानिस पनि हुन् र राम्रो साथी पनि ।’

क्याट्रिनाले आफूले सहयोग माग्दा सलमान खानले सधैं सहयोग गरेको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?