लागूऔषध धन्दामा विदेशी : तीन वर्षमा ४२६ जना समातिए

appharu
0
Shares

काठमाडौं। मुलुकमा पछिल्लो समय एकपछि अर्को गर्दै आपराधिक क्रियाकलापमा विदेशीको संलग्नता बढ्दै गइरहेका बेला लागूऔषध कारोबारमा पनि विदेशीहरू उल्लेख्य रूपमा संलग्न हुने गरेको पाइएको छ । राजधानी दैनिकमा खबर छ ।
नेपाल प्रहरीको पछिल्ला तीन वर्षे तथ्यांकले नेपालमा विदेशी लागूऔषध कारोबारीको सक्रियतासँगै कारोबार बढेको देखाएको हो ।
प्रहरीको आर्थिक वर्ष २०७२÷७३ देखि २०७४÷७५ सम्मको तथ्यांकले तीन वर्षको अवधिमा ४ सय २६ जना विदेशी नागरिक लागूऔषध कारोबार क्रममा पक्राउ परेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा १ सय १२ जना पुरुष तथा ६ जना महिला गरी १ सय १८ जना विदेशी नागरिक लागूऔषध कारोबारमा पक्राउ परेका छन् । यसैगरी, आव २०७३÷७४ मा १ सय ४६ जना पुरुष तथा १३ जना महिला गरी १ सय ५९ जना विदेशी नागरिक लागूऔषध कारोबारको शीर्षकमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?