गीतकार अधिकारीको नयाँ एल्बम ‘अनवरत’ सार्वजनिक

काठमाडौं । गीतकार तथा कवि दिनेश अधिकारीको नयाँ गीति एल्बम ‘अनवरत’ सार्वजनिक भएको छ । सर्वाधिक चर्चित गीत संगीतकर्मीहरू किरण खरेल, प्रेमध्वज प्रधान, दीपक जङगम, शक्ति बल्लभले संयुक्तरुपमा सार्वजनिक गरेको गीति एल्बमलाई बिन्ध्यवासिनी म्युजिकले बजारमा प्रस्तुत गरेको छ ।

सार्वजनिक यस गीति एल्बम ‘अनवरत’मा गीतकार अधिकारीका सात वटा गीतहरू समावेस गरिएका छन् । गीति सङ्गालोका सबै गीतहरूमा राजकुमार बगरको संगीत रहेको छ । एलबमका गीतहरूमा रामकृष्ण ढकाल, रामचन्द्र काफ्ले, निशा देसार, राज सिग्देल, प्रविशा अधिकारी, श्रेयशी चेमजोङ, सीडी विजय अधिकारी र प्रताप दासको आवाज सजिएको छ ।

दिनेश अधिकारीको १४ औं एकल सांगीतिक एलबम ‘अनवरत’मा संगृहीत एउटा गीतको म्युजिक भिडीयो निर्माण गरी सार्वजनिक गरिएको छ । ‘तिमी सुखी हुनु…’ शब्दको यस म्युजिक भिडीयोको निर्देशन काजिश श्रेष्ठको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?