बलिउड अभिनेत्री सोनाक्षी मजाकको पात्र बनेपछि…

एजेन्सी । हनुमानले कसको लागि संजिवनी बुटी लिएर आएका थिए ? यो प्रशन अधिकांसलाई सामान्य लाग्न सक्छ । तर बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले कौन बनेगा करोडपति कार्यक्रममा जवाफ दिन नसकेपछि सामाजिक सञ्जाल ट्विटरमा आलोचना भईरहेको छ ।

कौन बनेगा करोडपतिको ११ औं सिजनको २५ औं इपिसोडका सोनाक्षी राजस्थानकी रुमादेवी कर्मबीर प्रतिभागीको तर्फबाट हिस्सा लिएकी थिइन् । बलिउड अभिनेत्री सोनाक्षी विशेष अतिथीको प्यानलमा रहेकी थिइन् ।उनले रुमादेवीलाई साथ दिइरहेकी थिइन् ।
यसैबीच एक प्रश्न आएको थियो त्यसमा जवाफ दिन नसकेपछि उनले लाइफलाइनको सहयोग लिनुपरेको थियो । प्रश्न थियो—रामायणका अनुसार हनुमान कसको लागि संजिबनी बुटी लिएर आएका थिए ? जवाफको विकल्पमा सुग्रीव, लक्ष्मण, सीता र रामको नाम थियो ।

सोनाक्षीलाई यसको जवाफ थाहा थिएन । उनले एक्सपर्ट सम्बन्धी लाइफलाइन प्रयोग गरिन् । त्यसमा सही जवाफ लक्ष्मण भन्ने बताइयो । सो इपिसोड सकिनासाथै सोनाक्षीलाई ट्विटरमा मजाकको पात्र बनाइएको थियो ।

केही मानिसले उनको बचाउ पनि गरेका थिए । यसक्रममा सोनाक्षी सिन्हा ह्यासट्याग भारतमा टप ट्रेन्डमा आएको थियो । निकुन्ज नामका एक युजरले लेखेका छन्,‘‘ सोनाक्षी सिन्हाका पिता शत्रुघन् सिन्हाका तीन भाइ छन्—राम, भरत र लक्ष्मण । सोनाक्षीका भाइको नाम लब र कुश छ । उनको घरको नाम रामायण हो । र, पनि उनले यो प्रश्नमा लाइफलाइन प्रयोग गरिन् ।’’ (बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?