स्वास्थ्यमा चमत्कार ल्याउने जम्मा ४५ सेकेन्डको मसाज, कसरी गर्ने ?

appharu
0
Shares

काठमाडौं– कतिलाई थाहा नहुन सक्छ, केवल ४५ सेकेन्डसम्मको सामान्य मसाजले पनि मानिसलाई निकै फाइदा गर्छ ।

वैज्ञानिक अनुसन्धानबाट समेत पुष्टि भइसकेको सामान्य ४५ सेकेन्डको मसाजले तपाईंको टाउकोको दुःखाई, तनाव, अनिद्राजस्ता समस्याबाट छुटकरा पाउन सकिन्छ ।

यो मसाजका लागि सबैभन्दा पहिला निधारमा दुईवटा आँखीभुईको बीचमा अथवा नाकको माथि आफ्नो कुनै एक औंला राख्नुहोस् र ४५ सेकेन्डसम्म त्यो भागलाई मसाज गर्नुहोस् । यसले तपाईंको मष्तिष्कको तनावलाई कम गर्नेछ भने टाउकोको दुःखाई समेत कम गर्नेछ ।

यसले मांशापेशीको दुखाईलाई पनि कम गर्दछ भने मष्तिष्कमा शान्ति प्राप्त हुन्छ । यस्तो मसाजले आँखामा कामको कारण हुने दबाव समेत कम हुन्छ ।

यदि तपाईंलाई निन्द्रा नपर्ने अथवा इनसोम्नियाको समस्या छ भने पनि यस्तो मसाजले काम गर्न सक्छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?