राज्यले निगरानी बढायो भनेर डराउन पर्दैन : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले निगरानी बढायो भनेर उद्योगी व्यवसायीहरु तर्सन नहुने बताउनुभएको छ । आइतबार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उद्घाटन तथा प्रथम वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले स्वदेशी श्रोतको प्रयोग गरेर उत्पादनमा आधारित स्वस्छ, पारदर्शी व्यवसाय गर्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले करका विषयमा कडा नीति लिएको स्मरण गराउँदै अर्थमन्त्री खतिवडाले राम्रो व्यवसाय गर्नेहरु डराउन नहुने बताउनुभयो ।

‘सरकार अन्धो भएर जान हुँदैन । विवेक प्रयोग गरेरै जान्छ । सबै व्यापारी नराम्रा भन्न मिल्दैन र सबै राम्रा पनि भन्न मिल्दैन । तर राज्यले त सबैलाई निगरानी गर्छ,’ उहाँले भन्नुभयो ।

कर उठाएर त्यसबाट राज्यले सेवा सुविधा दिने भएका कारण करका विषयमा प्रश्न नगर्न पनि आग्रह गर्नुभयो । राम्रा–नराम्रा सबै खालका व्यापारीलाई सरकारले प्रत्यक्ष निगरानीमा राख्ने भन्दै अर्थमन्त्री खतिवडाले यसबाट राम्रा व्यवसायी आत्तिन नहुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?