नेकपा अध्यक्ष प्रचण्डद्वारा टीकापुर घटनाका दोषी रेशम चौधरी छुट्ने संकेत !

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिनुभएको छ । सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको खुलासा गर्नुभयो ।

‘टीकापुर घटनाको सन्दर्भमा आयो, जे भएको छ, अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति गरिएको छ र, प्रक्रिया पनि अगाडि बढेको छ ।’ उहाँले भन्नुभयो ।

रेशम चौधरीको नाम उल्लेख नगरी अध्यक्ष दहालले भन्नुभयो, ‘जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्छ ।’

कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?