नयाँ बसपार्क टिकट काट्नेको घुँइचो (फोटोफिचर)

काठमाडौं । नेपालीहरुको महान चाड दशैँ तथा तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ खुला आइतबारबाट खुला भएको छ । दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।

गत भदौ २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ खोलिएको हो ।

महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा लगायतका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ । अग्रिम टिकट खुलेसँगै नयाँ बसपार्कमा यात्रुको भिड बढेको छ । आज विहानैदेखि लाइन बसेरै यात्रुहरु टिकट काटिरहेका छन् ।

अग्रिम टिकट खुलेसंगै नयाँ बसपार्कमा जे देखियो (फोटोफिचर):

तस्वीर: गाेकुल पाैडेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?