राष्ट्रपतिद्वारा नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F, % c;f]h -/f;;_ M k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{noåf/f sf7df8f}Fdf cfOtaf/ cfof]lht k|wfgdGqL /fli6«o k|ltef k’/:sf/ ljt/0f sfo{qmddf z’esfdgf dGtJo JoQm ug'{x’Fb} /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M /Tg >]i7

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वलाई मौलिक तुल्याएको बताउँदै उहाँले आज दिनुभएको सन्देशमा यस्ता नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्बोधन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि तिनको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिन आवश्यक रहेकामा जोड दिनुभएको छ ।

यस पर्वमा नारीहरुले परिवारजनको सुस्वास्थ एवम् समृद्धिको कामना गर्दै व्रत बसेर पूजा आराधना गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?