अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य व्यवस्थाप्रति खतरा नरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले राज्य व्यवस्थाप्रति खतरा नरहे पनि अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बेला भने आएको बताउनुभयो । उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकै ठाँउमा रहेको दाबी समेत गर्नुभयो ।

भष्ट्राचारविरुद्ध अहिले पार्टी र सरकार अघि बढिरहेको जिरि गर्दै उहाँले सरकारको काम र पार्टीको काम दुबैको समीक्षा भइरहेकोले भन्दै नयाँ शिराबाट गति दिइने बताउनुभयो ।

फरक प्रसंगमा अध्यक्ष दाहालले मन्त्रिपरिषद्को पुनर्गठन प्रधानमन्त्रीको तजबिजको विषय भएकाले प्रधानमन्त्रीले चाहेको बेलामा मात्रै मन्त्री फेरबदल हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?