सुर्यविनायकको कपास उद्योगमा आगलागी

काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका-२ बालकोटस्थित एक कपास उद्योगमा एका बिहानै आगलागी भएको छ । दुर्गा कपडा रिफाइनरी उद्योगमा आगलागी भएको महानगरीय प्रहरी वृत ठिमीले जानकारी दिएको छ । आगलागीबाट उद्योगभित्र रहेका सम्पूर्ण सामान जलेका छन् ।

प्रहरीका अनुसार आगो नियन्त्रणका लागि भक्तपुर, ललितपुर र काठमाडौंका दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास जारी छ ।

आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?