फेसबुकले गर्यो दशौं हजार एप्स निलम्बन, यस्ताे छ कारण

काठमाडौं । पछिल्लो समय संसारमै सबैभन्दा प्रचलित सामाजिक सञ्जाल हो फेसबुक । सुचना एवं जानकारी आदान प्रदान गर्नको लागी सबैभन्दा छिटो भएकाले संसारमै यसको व्यापक प्रयोगकर्ता रहेका छन ।

सुबिधाजनक भएपनि यस्का प्रशस्त मात्रामा नकारात्मक पक्षहरु रहेका छन । त्यसैले सामाजिक सञ्जाल फेसबुकले दशौ हजार एप्सहरुलाइ निलम्बन गरेको छ । गत वर्ष सन् २०१८ मार्च महिनामा केम्ब्रिज एनालिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएका कारण ती एप्सहरुलाइ निलम्बन गर्ने निर्णय गरेको हो ।

ती एप्सले आफ्ना फेसबुक प्रयोगकर्ताहरुका गोप्य सुचनाहरु सार्वजनिक गरेको भन्दै फेसबूकले ती एप्सलाइ निलम्बन गरेको हो । फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद निर्माताबारे भने जानकारी दिएको छैन ।

निलम्बनमा पर्दैमा एपले मानिसहरूलाई जोखिममा पारेको निश्कर्ष निकाल्न भने नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

ती एप्सहरुले फेसबुकबाट लिएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । निलम्बनमा परेका सबै एप भने जोखिमपूर्ण नभएको फेसबुकले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?