रोनाल्डोको गोलमा युभेन्ट्सको जित, भेरोना स्तब्ध

एजेन्सी । युभेन्ट्सले भेरोनासँग साँघुरो जित हात पारेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले भेरोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन आरोन रामसे र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे । भेरोनाका मिगुएल भेलेसोले एक गोल गरे ।

एलिनाज स्टेडियममा एक गोलले पछि परेको स्थिति उल्टाएर युभेन्ट्सले जित निकालेको हो । खेलको २० औं मिनेटमा मिगुएलले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । तर, ३१ औं मिनेटमा आरोनले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए ।

तस्वीर गूगल

त्यसपछि खेलको ४९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए । यस्तै खेलको ९० औं मिनेटमा माराशले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा भेरोना १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै युभेन्ट्सले ४ खेलबाट १० अंक जोडेको छ । युभेन्ट्स शीर्ष स्थानमा समेत उक्लिएको छ । पराजित भेरोना ४ अंक जोडेर १२ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?