‘कबड्डी कबड्डी कबड्डी’ को २ दिनको कमाई ३ करोड २५ लाख

काठमाडौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले रिलिजको दुई दिनमा ३ करोड २५ लाख बराबरको ग्रस कलेक्सन गरेको छ । पहिलो दिन १ करोड ४७ लाख कमाएको यो फिल्मले शनिवार झनै उत्साहित व्यापार गरेको छ ।

दशैँ नजिकिँदै गर्दा रिलिज भएको फिल्मले बक्स अफिसमा दर्शक तान्न सफल भएको छ । वितरक कम्पनी स्टेशन फाइभका अनुसार यो फिल्मले दुई दिनमा अन्य फिल्मले कमाएको पुरानो रेकर्ड तोड्न सफल भएको छ ।

समीक्षात्मक रुपमा समेत राम्रो प्रतिक्रिया पाएको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो । चलचत्रिमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?