‘गलबन्दी’ गायिका परियार सम्मानित

काठमाण्डौं । बोल माया र गलबन्दी गीतबाट चर्चामा आएकी गायिका शान्तिश्री परियार २१ औं ईमेज अवार्डबाट सम्मानित हुनुभएको छ । ईमेज च्यानलले शनिबार गरेको कार्यक्रममा गायिका परियारलाई सर्वोत्कृष्ट दोहोरी गायिकाको अवार्ड प्रदान गरिएको हो ।

यस्तै सर्वाेत्कृष्ट लोक दोहोरी गायकतर्फको अवार्ड गलबन्दीको श्रष्ट प्रकाश सपुतलाई प्रदान गरिएको छ । २१ औं ईमेज अवार्डले आफूलाई निकै खुसी तुल्याएको गायिका परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिनुभएको छ । तस्वीर गायिका परियारकाे फसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?