विज्ञान विषयको नतिजा कमजोर

appharu
0
Shares

काठमाडौँ। प्रवेशिका परीक्षामा विज्ञान विषयलाई अनिवार्य गरिएको सात दशक बिते पनि यसको नतिजामा तुलनात्मक सुधार देखिएको छैन ।
नेपालमै १९९० सालबाट प्रवेशिका परीक्षा दिन पाउने व्यवस्था सुरु हुँदा विज्ञान विषयलाई ऐच्छिक बनाइएको थियो । वि.सं. २००५ बाट प्रवेशिका परीक्षामा अनिवार्य विषयअन्तर्गत विज्ञानले प्रवेश पाएको थियो । त्यो बखत यसलाई विज्ञान समूहअन्तर्गत राखिएको थियो । त्यस बखतदेखि नै विज्ञान विषयको नतिजा मध्यमस्तरको हुँदै आएको छ । विगतमा विज्ञान विषयमा अधिकांश विद्यार्थीको नतिजा तेस्रो श्रेणीमा रहन्थ्यो भने अहिले सी ग्रेडमा रहेको पाइन्छ । प्रयोगात्मक परीक्षा सञ्चालन नै नगरी शिक्षकको खल्तीबाट सीधै २५ अङ्क प्रदान गरिँदा हजारौँ विद्यार्थीले सी ग्रेड उक्लिने अवसर पाएका हुन् ।
गत २०७५ सालको प्रवेशिका (एसईई) परीक्षाको नतिजा हेर्दा विज्ञान विषयमा सबैभन्दा बढी सी ग्रेडमा परीक्षार्थीको भीड देख्न पाइन्छ । गत वर्ष अनिवार्य विज्ञान विषयमा ९० हजार ८९१ जना परीक्षार्थीले सी ग्रेड प्राप्त गरेका थिए । जबकि यस विषयमा ए प्लस १९ हजार ५६२ जनाले ल्याउन सफल भएका थिए ।
प्रवेशिकाका विद्यार्थीका लागि सबैभन्दा कठिन विषयका रूपमा अनिवार्य अङ्ग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषय नै रहने गरेको छ । यी तीन विषयको तुलना गर्दा सबैभन्दा कमजोर गणितमा रहे पनि अन्य विषयसँगको तुलनामा विज्ञान विषयको नतिजालाई उत्साहजनक मान्न सकिँदैन ।गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?