४ आश्विन २०७६, शनिबार २१:४६

तनावपछि रात्रिक्लवमा गोली चल्यो


प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार २१:४६

वासिङ्टन-अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।

स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ ।

घटनामा अन्य नौ जना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ ।

गोली क्लबभित्र र क्लब परिसर बाहिरसमेत चलेको प्रहरीले जनाएको छ । समाचार तयार पार्दासम्म घटनामा सम्लग्न कसैलाई तत्काल पक्राउ भने नगरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुवेतका प्रधानमन्त्री इजिप्ट भ्रमणमा

एजेन्सी । कुवेतका प्रधानमन्त्री शेख जाबेर अल-मुबारक अल–हमाद अल–सबाह इजिप्ट भ्रमणमा जान लाग्नुभएको

क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन

एजेन्सी । पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन्

सिरियाली कुर्दको आक्रमणमा टर्केली सेनाको मृत्यु

एजेन्सी । सिरियाली कुर्दिस लडाकूको आक्रमणबाट आइतबार एक जना टर्केली सैनिकको मृत्यु हुनुका

इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना

काठमाडौं । चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड