४ आश्विन २०७६, शनिबार २१:४३

संविधान कार्यान्वयन साझा दायित्व : नेता सिटौला


प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार २१:४३

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताउनुभएको छ । पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको साझा दायित्व भएको बताउनुभयो ।

“सबै तह र तप्काको अथक संघर्ष र मेहनतबाट संविधान निर्माण भएको छ”, उहाँले भन्नुभयो, “यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो ।” सरकार संविधानको भावना अनुरुप चल्न नसकेपछि जनस्तरमा असन्तुष्टि बढ्दै गएको उहाँको आरोप थियो । “वर्तमान सरकार संविधानको मर्म र भावना अनुरुप चल्न सकेको छैन”, नेता सिटौलाले भन्नुभयो, “सरकार संविधानको बाटोमा नभई कम्युनिष्ट पथमा हिँड्न खोजेको छ ।”

नेता सिटौलाले सिंहदरबारको कार्यशैली परिवर्तन नगरेसम्म संविधानअनुसार जनताका पक्षमा काम नहुने उल्लेख गर्नुभयो । उहाँले काङ्ग्रेस पार्टीभित्र पनि नेताहरुले आ–आफ्ना कमजोरी सच्याएर जनताको भावना समेट्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पार्टी सङ्गठन आन्तरिक मामिलाबाट अघि बढ्नुपर्छ र नेतृत्वले पनि सबैलाई साथ लिएर हिँड्न सक्नुपर्छ ।” युवा नेता डा सुशील शर्मालाई सम्मान गरिएको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४० जनाभन्दा बढी काङ्ग्रेसमा प्रवेश गरेको काङ्ग्रेसका स्थानीय नेता मदन गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्छ : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले मुलुकको विकासका लागि नेपालका सबै कम्युनिष्ट शक्तिहरु

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले

सांसद रेशम चौंधरीलाई तत्काल रिहा गर्न आदिवासी जनजाति महासंघको माग

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि

काठमाडौं । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा