एनआईसी एशिया बैंकका सीईओ न्यौपाने प्रबल जनसेवा श्रीबाट विभूषित

appharu
0
Shares

काठमाडौं–नेपालको बैंकिङ्ग इतिहासमा नै नयाँ अवधारणा स्थापित गरी बैंकिङ्ग क्षेत्रलाई बैज्ञानिक ढंगले परिभाषित गर्दै त्यसलाई उत्कृष्टरुपमा कार्यान्वयन गर्न सफल एनआईसी एशिया बैंकका प्रमूख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपाने प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभूषित हुने भएका छन् ।
मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले पुर्याएकोे योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७६ को अवसरमा शुक्रबार उक्त पदवीको घोषणा गरेकी हुन् ।
सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिहरु मध्ये युवा बैंकर न्यौपानेलाई छनौट गरेको हो । पदक आगामी वैशाखमा वितरण गरिनेछ ।
न्यौपाने नेपालको वाणिज्य बैंकहरुमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु मध्ये सवैभन्दा कम उमेर (३९ बर्ष) का हुन् ।
नेपालको दुर्गम तथा ग्रामीण जिल्ला रसुवामा जन्मिएका न्यौपाने चार्टड एकाउण्टेन्ट समेत हुन् । उनले विद्यालय शिक्षा रसुवा जिल्लाको तत्कालिन धैवुङ गाविसमा पर्ने श्री कालिका हिमालय उच्च माध्यमिक विद्यालयबाट सम्पन्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?