पत्रकार तथा अधिकारकर्मी लम्सालको पुस्तक ‘हजूरआमाको कथा’ सार्वजनिक

काठमाण्डौं । पत्रकार तथा अधिकारकर्मी अमृता लम्सालको पुस्तक ‘हजूरआमाको कथा’ सार्वजनिक भएको छ। शनिबार काठमाण्डौंमा एक भव्य कार्यक्रमबीच पुस्तक विमोचन भएको थियो। यो पुस्तकलाई कथाका पात्र हजूरआमाहरुले सार्वजनिक गरेका थिए।

पुस्तक सार्वजनिक भइसकेपछि भारती सिलवाल गिरीले यो पुस्तकले महिलाको दृष्टिकोण र विचारलाई पहिलोपल्ट यसरी समेटेको धारणा राख्नुभयो । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानकी सल्लाहकार भारती सिलवाल गिरीले यसमा साधारण महिलाको चित्रण गरेर भए पनि परम्परागत तरिकालाई तोडेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?