प्रकाश दाहाल स्मृति भलिबल कपको उपाधि पुलिसलाई

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो संस्करणको ’प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
नयाँ बसपार्कमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । ढोरपाटन क्लबको कोर्टमा भएको फाइनल भिडन्तमा पुलिसले आर्मीलाई २५–२२, २५–२२ र २५–२२ को सेटमा पराजित गरेको हो ।

उपाधिसँगै पुलिसले ५ लाख रुपैया हात परेको छ । यस्तै पुलिसले आर्मीसँग प्रधानसेनापति कप भलिबलको फाइनल व्यहोरेको हारको बदला समेत लिएको छ । उपविजेता बनेको आर्मीले ३ लाखमा चित्त बुझायो ।

प्रगतिशील यूवा नेपालको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको थियो । तेस्रो बनेको गण्डकीले १ लाख र चौथो एपीएफले ५० हजार रुपैया प्राप्त गरे ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?