प्रतीक्षारत १९७४ एडीको कन्सर्ट आज

काठमाण्डौं । निकै प्रतीक्षामा रहेको १९७४ एडीको कन्सर्ट आज हुँदैछ । साँझ ८ बजे ठमेलको आर्बिट्ररी समूहका साथ टुबोर्गले प्रस्तुत गर्ने १९७४ एडीको कन्सर्टले शनिबारलाई सङ्गीतमय बनाउने दर्शकले अपेक्षा गरेका छन् ।

आफ्ना गीत र साङ्गीतिक प्रस्तुतिका कारण संसारभर चर्चित १९७४ एडी विभिन्न विधाको सङ्गीतमा हात हाल्ने ब्यान्डका रूपमा चिनिएको छ र त्यसमा सफल पनि भएको छ । आजको साँझ पनि यस ब्यान्डले ‘नेपाली’, ‘सम्बोधन’, ‘पहिलो जुनीमा’, ‘परेलीमा’ र ‘सम्झी बस्छु’ लगायतका आफ्ना लोकप्रिय गीतहरू समेट्दै विविध स्वाद पस्किएर मञ्च प्रस्तुत गर्नेछ ।

ब्यान्डका एक सदस्य एड्रियन प्रधानले हप्तौँसम्म नयाँ गीत र विचारको अभ्यास अनि परीक्षण गरेको र केही नयाँ गीतहरू पनि प्रस्तुत गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?