पार्टी सांसदलाई प्रधानमन्त्रीको निर्देशन : सरकारका राम्रा कामबारे जनतालाई बताउनुहोस्

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दशैंतिहारमा गृह जिल्ला गएका बेला जनतालाई सरकारको कामकाबारे जानकारी दिन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानूनहरु बनाउनुका साथै विकास निर्माणका कामहरु गरिरहेको तर केही मानिसले भ्रम छरिरहेको उल्लेख गर्दै उहाँले जनतामा भएको भ्रम चिर्न निदेशन दिनुभएको हो ।

शनिबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कतिपयले भ्रम छर्ने प्रयास गरेका छनन्, तपाईहरुले जनतालाई सरकारको गरेका राम्रा कामहरुबारे बताउनुस् ।’

उहाँले परिर्वतनका लागि भूमिका नै नखेलेकोहरुले अहिले सामाजिक सञ्जालमा नियोजित प्रचार गरिरहेको भन्दै जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले भने पार्टीको आन्तरिक एकतामा जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?