भरतपुर महानगरपालिका वडा नं. १६ का अध्यक्षको निधन

चितवन । भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरूङको निधन भएको छ ।

पेटको क्यान्सरबाट पीडित ६६ वर्षीय गुरूङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार विहान निधन भएको हो ।

गुरूङ तत्कालीन एमालेबाट उम्मेदवार बनेर विजयी भएका थिए । गुरुङकाा तीन छोरा र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?