‘प्रधानमन्त्रीज्यू, विद्यार्थी लुट्ने मेडिकल माफियाप्रति तपाईं किन मौन ?’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सरकारले तोकेकोभन्दा बढी शुल्क उठाउने मेडिकल कलेजहरूलाई कारबाहीको माग राख्दै माइतीघर मण्डलमा शान्तिपूर्ण प्रर्दशन भएको छ ।

‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ ले शनिबार दिउँसो गरेको प्रर्दशनमा विभिन्न मेडिकल कलेजलहरुमा नियम भन्दा धेरै शुल्क लिनेहरुलाई कारबाही गर्न माग गर्दै प्रर्दशन गरेको हो । प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीको पनि उपस्थित रहेको थियो ।

उनीहरूले ‘ओली ज्यू स्वास्थ्य उपचारको महत्व तपाईंले जति कसले बुझ्ला ? तर विद्यार्थी लुट्ने मेडिकल माफियाहरू प्रति तपाईं सधैं मौन ?, विद्यार्थीसँग अवैध शुल्क उठाउने मेडिकल कलेजहरू लाई कारबाही गर, सरकार किने माफियाले संविधान बचाउने कसले? लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।

उनीहरूले विद्यार्थीको अगुवाइमा भइराखेको लुटतन्त्र विरुद्धको आन्दोलनमा सहभागी हुन पनि आह्वान समेत गरेका छन् ।

चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि विद्यार्थीहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?