४ आश्विन २०७६, शनिबार १४:२१

सभामुख महरा कजाकस्तान प्रस्थान


प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार १४:२१

काठमाडौं । सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गर्नुभएको छ । ६ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहनुभएको छ । कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत वरुण चौधरी र प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी हुनुहुनेछ । उक्त बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो ।

Tags:

प्रतिक्रिया दिनुहोस
कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्छ : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले मुलुकको विकासका लागि नेपालका सबै कम्युनिष्ट शक्तिहरु

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले

सांसद रेशम चौंधरीलाई तत्काल रिहा गर्न आदिवासी जनजाति महासंघको माग

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि

काठमाडौं । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा