४ आश्विन २०७६, शनिबार १३:३३

वैदेशिक रोजगार व्यवसायी निर्वाचन : प्रगतिशील समूहबाट पोखरेलको उम्मदवारी


प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार १३:३३

काठमाडौं | आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले उम्मेदवारी दिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले संयुक्त रुपमा उम्मदवारी दिने निर्वाचन परिचालन कमिटीका संयोजक रामप्रसाद भन्तनाले जानकारी दिनुभयो ।

संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिनेछन् ।

सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिने संयोजक भन्तनाले जानकारी दिनुभयो । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।

सङ्घको आसन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस निकट म्यावनपार व्यवसायी आआफ्नो समूहको ‘प्यानल’ नै खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । सङ्घको नेतृत्व हातपार्न उनीहरु उम्मेदवार चयन गरी चुनावी रणनीति बनाउन जुटेका छन् । नेपाली काँग्रेस निकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आजै अन्तिम सूची प्रकाशन

निर्वाचनका लागि दुई समूह बनाएका व्यवसायीका उम्मेदवारले धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन् । सङ्घको कार्यालयमा उम्मेदवारी दर्ताको काम भइरहेको छ । आजै अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यस्तै आजै उम्मेदवारमाथि परेको उजुरीको छानबिन हुने कार्यक्रम छ । साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गरिने सङ्घले जनाएको छ । भोलि साँझ ६ बजेसम्म निर्वाचनको प्रचारप्रसाद गर्न पाइनेछ । सङ्घको २७ औँ साधारणसभा यही असोज ७ गते राजधानीमा हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस
विप्लवको राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरु भेटिए

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको

महराले आरोप इन्कार गरे

निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको बलात्कार प्रयासको आरोप इन्कार गरेका छन् ।

ओलीको अभिव्यक्तिपछि प्रचण्डसँग दूरी बढ्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

ललिता निवास प्रकरणः गच्छदार पनि छानबिनमा तानिए

काँग्रेस उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको