संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइयो

काठमाडौं | युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ ।
नेपाललाई विश्वमा चिनाउने लक्ष्यका साथ संविधान दिवस २०७६ को अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो |

युएईको स्थानीय समय अनुसार गत शुक्रवार साझ ९ बजेर १० मिनेटमा बुर्ज खलिफामा एक मिनेट नेपाली झन्डा फहराइएको हो।

संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली राष्ट्रिय झन्डा फहराइएको यो पहिलो हो। ८२३ मिटर अग्लो उक्त टावरमा नेपाली राष्ट्रिय झन्डा फहराउनुले नेपाल र नेपालीलाई चिनाउन मद्यत पुग्ने विश्वास लिइएको दछ ।

युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालको प्रयासमा युएई सरकारले बुर्ज खलिफामा झन्डा फहराउन अनुमति दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?