४ आश्विन २०७६, शनिबार ०८:००

असोज ४ देखि १० गतेसम्म यी राशि भएकाहरुको भाग्य चम्किदैछ, हेर्नुहोस्


प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार ०८:००

आज मिति २०७६ साल असोज महिनाको ४ गते, शनिबार | तपाइको लागि यो साता कस्तो रहनेछ | हेर्नुहोस् असोज ४ गतेदेखि १० गतेसम्मको राशिफल |

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

भाग्यले विभिन्न अवसर जुराउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सोचेभन्दा आम्दानी बढ्नेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

गरेको काममा ढिलासुस्ती हुनेछ । सामान हराउने वा चोरी हुने भयछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो सातामा रोकिएका काम पुनः सुरू हुन सक्छन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । पदोन्नतीको सम्भावना प्रवलछ । सन्तानबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । भौतिक साधन जुटाउने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो सातामा मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । लाभदायक तर खर्चिलो यात्रा रहला । सन्तानबाट सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग आकासे वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

अनावस्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । आज आर्थिक कारोवारमा बिवाद बढ्नेछ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

रमणीय र सुखद् यात्राको योग छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । आज समय निकै उत्साहजनक रहनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग नीलो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो सातामा शुभकायको चर्चा चल्नेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । मध्य सातामा विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो सातामा इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । रमणीय र सुखद् यात्राको योग छ । व्यावसायिक यात्राको सम्भावनापनि छ । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीको लागि )

प्रतिक्रिया दिनुहोस
अनेकौं रोग भगाउन खाली पेटमा कागतीपानी

काठमाडौं- कागतीले खानाको स्वाद बढाइदिन्छ । सलाद, चाट र तरकारीमा कागती निचोरेर खानुको

तपाइको लागि कात्तिक महिना कति शुभ कति अशुभ ? हेर्नुहोस्

काठमाडौं । आज मिति २०७६ साल कात्तिक महिनाको १ गते शुक्रबार । तपाइको

अस्पताल गएर प्रसूति गराउने बढ्दै

दाङको तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको सुत्केरी भत्ताले प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएको छ

बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यस्ता छन् जान्नैपर्ने ३० कुरा

काठमाडौं । बैदेशिक रोजगारीप्रति नेपालीहरु बढी आकर्षित छन् । गाउँ सुन्य पारेर परदेशिने