यदि उभिएर पानी पिउने बानी छ भने सावधान

appharu
13
Shares

उभिएर पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ । अझ कोही त उभिएर सासै रोकेर पानी पिउँछन् । यो त कहिल्यै गर्नु हुँदैन ।

स्वास्थ्यविज्ञहरूका अनुसार बसेर सानो-सानो चुस्की लिँदै पानी पिउनु उपयुक्त हुन्छ ।

तपाईंले उभिएर पानी पिउँदा यो सिधै पेटमा ओइरिन्छ र आन्द्राको भित्तामा ठोक्किन पुग्छ । यसरी ठोक्किँदा पेटको भित्ता, वरिपरिका अंग र पाचननलीमा हानि पुग्न सक्छ । लामो समयसम्म यसो गर्दा पाचनप्रणाली नै बिग्रन पुग्छ ।

यसरी पानी पिउँदा शरीरले पानी छान्न पाउँदैन र फोहोरहरू मूत्राशय, मृगौला र रगतमा जम्न पुग्छन् । यसले मृगौला बिगार्छ र मूत्रनली पनि खराब बनाउँछ ।

यसरी लामो समयसम्म उभिएर पानी पिउँदा बाथरोग पनि लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?