विहान यी ५ चिज देखियो भने दिन शुभ

appharu
0
Shares

हिन्दु धर्ममा धेरै नै मान्यता रहेका छन् । मानिसका हरेक स–साना क्रियाकलापहरु पनि उसको अन्य कुराहरुसँग जोडिन्छन् । भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ  हुन्छ ।
आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।

कुकुर
शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

श्रृंगार गरेकी स्त्री
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।

धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?