चीनका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

काठमाडौं । चीनले नेपालको संविधान दिवसलाई उच्च महत्व दिँदै नेपालको समृद्धिका लागि अझ वलियो सहकार्य गर्न चाहेको सन्देश पठाएको छ । चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङले अलग–अलग शुभकामना सन्देश पठाई संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना दिएका हुन् ।

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई शुक्रबार पठाएको सन्देशमा नेपाली चीनबीच सघन तथा वृहत सहकार्य अघि बढाउन इच्छुक रहेको बताउनुभएको छ ।

त्यस्तै प्रधानमन्त्री खस्याङले पनि नेपाली समकक्षी केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाउँदै अघिल्लो भ्रमणको स्मरण गर्नुभको छ ।

चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको शान्ति, स्थिरता र सम्बृद्धिको बाटोका लागि शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?