वोमी माइक्रोफाइनान्सले एक लाख कित्ता भन्दा बढि सेयर लिलाम गर्दै

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो १ लाख कित्ता बढी सेयर असोज ६ गतेबाट लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएका १ लाख २३ हजार २ सय १३ कित्ता शेयर लिलाम गर्ने भएको हो ।

साउन ९ गतेदेखि कम्पनीले १: १ को अनुपातमा १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । त्यस मध्ये ८ लाख ८७ हजार ६ सय ६७ कित्ता शेयरको लागि मात्र आवेदन पर पछि बाँकि रहेको १ लाख २३ हजार २ सय १३ कित्ता शेयर लिलाममा आउने भएको हो ।

कम्पनीले लिलाम गर्न लागेको कुल सेयर मध्ये ७६ हजार ७ सय ३ दशमलव ८० कित्ता संस्था शेयर र बाँकि ४६ हजार ५ सय ९ दशमलव २० कित्ता साधारण रहेको रहेको छ।

इच्छुक बोलकबोलदाताले असोज १३ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?