१३ चैत्र २०७९, सोमवार

हामी सरकारमा आए उच्च नेतृत्वको सम्पत्ति छानबिन गरिछाड्छौं : रवीन्द्र मिश्र

२०७६,आश्विन,३,शुक्रवार १७:३६

0
Shares

गोरखा । साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले उच्च पदका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको छ । पार्टीको जिल्ला संयोजक घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार गोरखा पुग्नुभएका संयोजक मिश्रले आफूहरु सरकारमा आए २०४६ साल यताका राजनीतिक, प्रशासनिक र अन्य उच्च नेतृत्वको सम्पत्ति छानबिन गरिछाड्ने जिकिर गर्नुभयो ।

यस्तै, उहाँले सरकारको नेतृत्व गर्ने अवसर पाए कर्मचारी युनियन खारेज गर्ने पनि बताउनुभयो । ‘प्रशासनलाई राम्रो काम गर्न नदिने कर्मचारी युनियन हो, जनताको तलव खाएर नेता, पार्टी र आफ्नो मात्र सेवा गर्ने कर्मचारीको काम छैन, हरेक कार्यालयमा राखिएका युनियनका बोर्डहरु हटाउँछौ,’ उहाँले भन्नुभयो ।

देशमा भ्रष्टाचार मौलाएको उल्लेख गर्दै उहाँले नागरिकलाई सचेत हुन आग्रह पनि गर्नुभयो ।

केही पक्ष संविधान उल्टाउने खेलमा लागेको भन्दै मिश्रले भन्नुयभयो ‘यो संविधान भत्काउने होइन, कमजोरी संशोधन गर्न सकिन्छ । भत्काउनुपर्छ भन्नेले सडकमा आन्दोलन गर्ने होइन, एजेण्डा ल्याउनुस्, जनताको मन जित्नुस् संसदमा जानुस् जनमत संग्रह गर्नुस् ।’

प्रकाशित मिति: २०७६,आश्विन,३,शुक्रवार १७:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६