छ माया छपक्कैको ट्रेलर यस्तो, दिपकलाई केकीले गर्छिन् भाग्ने प्रस्ताव ! (भिडियोसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र छ माया छपक्कैको ट्रेलर युट्युबमा रिलिज गरिएको छ । ट्रेलरमा दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, विष्णु सापकोटा लगायतका कलाकार फिचरिङ्ग छन् ।

यसअघि ब्लकबस्टर वडा नम्बर ६, ६ एकान ६, छक्का पञ्जा , छक्का पञ्जा २, छक्का पञ्जा ३ चलचित्र गरिसकेका कलाकार दिपकराज गिरी र दिपा श्री निरौलाको यो चलचित्रलाई दर्शकले निकै प्रतिक्षा गरिरहेको प्रतिक्रिया समेत दिएका छन् । ट्रेलरमा देख्न सकिन्छ दिपकराज गिरी र केकी अधिकारी प्रेममा छन् । फिल्म राजनीतिमा फक्रेको प्रेममा बनेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।
चलचित्र ‘छ माया छपक्कै’ आगामी असोजको २४ गते अक्टोबर ११ बाट रिलिज हुँदैछ । यो विजया दशमीको तेस्रो दिन हो । चलचित्रमा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ । शुक्रबारबाट हलहरुमा समेत देखाइएको यो चलचित्रको ट्रेलर आज युट्युबमार्फत सार्वजनिक गरिएको हो । रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । दिपक दिपाको वडा नम्बर ६ राजनीतिक पृष्ठभूमिमा बनेको चलचित्र भएको कारण यसमा पनि त्यहि चलचित्रको निरन्तरता हो की भन्दै केहि दर्शकले कमेन्ट गरेका छन् । युट्युबमाअपलोड गरिएको ९६ मिनेटसम्म ४१ हजार बढी दर्शकले ट्रेलर हेरिसकेका छन् । चलचित्र कस्तो बनेको हो ? त्यो भने हलमा गएर हेरेपछि थाहा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?