छोरा र छोरीलाई एउटै मान्यता हुने गरी नागरिकता ऐनमा व्यवस्था गर्नुपर्छ : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकतामा छोरा र छोरीबीच समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता भट्टराईले विदेशी ज्वाइँ वा बुहारी आएर देश खाइदिन्छ भनेर डराउनु नपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको नागरिकतासम्बन्धी विधेयकमा विदेशी बुहारी र ज्वाइँलाई विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने कि नदिने भन्ने बहस भइरहेका बेला समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका भट्टराईले विभेद नगरेर नागरिता दिइनुपर्ने बताउनुभयो ।

‘अहिलेको युगमा छोरा र छोरीबीच विभेद गर्न हुँदैन । कि त दुबैलाई तत्कालै (नागरिकता) दिऔं, कुनै आकाश खस्दैन । छोराछोरी आफ्नै देशमा राख्न सकेका छैनौं, सबै विदेशतिर गएर देश खाली हुन थाल्यो’ उहाँले भन्नुभयो, ‘विदेशीले ज्वाइँले देश भरिन्छ, बुहारीले यो देश खाइदिन्छ भनेर किन डराउनुर्पयो ? जब छोराछोरी त देशमा बस्दैनन् भने ज्वाइँ र बुहारीसँग किन डराउनुर्पयो ?’ उहाँले भन्नुभयो ।

डा. भट्टराईले छोरा र छोरीलाई एउटै मान्यता हुने गरी नागरिकता ऐनमा व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?