मधेशवादी दलहरुले संविधानमाथि असन्तुष्टि जनाउनुको कुनै तुक छैन : सुवाष नेम्वाङ

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । उपनेता नेम्वाङले मधेशवादी दलहरुको समेत क्रियाशीलतामा बनेको संविधानमाथि असन्तुष्टि जनाउनुको कुनै तुक नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले संविधानमा मधेशवादी दलहरुको असन्तुष्टि भए संबोधन गरेर अघि बढन सकिने बताउनु भयो । तर त्यो काम संविधान बमोजिम हुने उपनेता नेम्वाङको भनाई छ ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माणमा सबैको योगदान रहेकाले त्यसको कार्यान्वयनमा पनि सबै दलहरुको सहयोग हुनुपर्ने पनि बताउनु भयो ।

उपनेता नेम्वाङले संविधानमा कुनै कुरा सुधार गर्न परे त्यसमा खुलेर बहस गर्न सकिने पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?