सिटिसी मलमा असोज ५ गतेबाट मोवाइल मेला हुँदैः यस्ता छन अफर

काठमाडौं । दशैं नजिकिएसँगै विभिन्न मेला तथा महोत्सवहरुको आयोजना हुँदै आएको छ । यसैक्रममा दशैंलाई लक्षित गर्दै सुन्धारामा रहेको सिटिसी मलमा असोज ५ गतेबाट मोवाइल मेला हुने भएको छ ।

मलको भुँई तलामा रहेको सिटिसी मोवाइल हबमा ग्राहकलाइ विभिन्न अफरसहित महोत्सव आयोजना गर्न लागिएको हो ।धेरै भन्दा धेरै ब्राण्ड तथा धेरै मात्रामा भेराईटी समेटिएको उक्त मोबाइल हबमा बिश्व बजारमा चल्तीमा रहेका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपैंयादेखि २ लाख १५ हजार रुपैंयासम्मका मोबाइल फोनहरु उपलब्ध छन् ।

मोबाइल मेला अवलोकन गर्नेहरुलाई गोलाप्रथाबाट विभिन्न ब्रण्डका स्मार्टफोन बितरण गरिने हवले जनाएको छ । साथै एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ ।

जुनसुकै ब्राण्डका मोवाइलको नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबमा चल्ने मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने पनि व्यबस्था रहेको छ । अफर भित्र पनि अफर अन्तरगत छुटका साथै ‘अहिले लैजानुहोस् पछि तिर्नुहोस्’ भन्ने नाराका साथ शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताउनुभयो ।

मेलामा सञ्चालित अफर अन्तरगत मोबाइल खरिद गर्नेहरु मध्येबाट प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइल हबले जनाएको छ । त्यसैगरी दोस्रो उपहारस्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ल्यापटप बितरण गरिनेछ ।

नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ । नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भस सेण्टर मोबाइल हबमा छन् ।
मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य बन्ने पनि आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?