संविधानको आलोचना मात्रै नगर्नुहोस् : कृष्णप्रसाद सिटौंला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको आलोचना मात्रै नगर्न असन्तुष्ट पक्षलाई आग्रह गर्नु भएको छ । काँग्रेस नेता सिटौलाले संविधानसभाबाट निर्माण भएको संविधानलाई केही पक्षले पूराना संविधानहरुसँग तुलना गरिरहेको भन्दै आपत्ति पनि जनाउनु भयो ।

जनताको ठूलो संघर्षबाट बनेको संविधानलाई पञ्चायत र राणाकालमा बनेको संविधानसँग तुलना गर्नै नसुहाउने उहाँको तर्क छ । संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान कार्यान्वयनमा त्रुटि भए सच्याउँदै लैजान सकिने तर त्यसको आलोचना गरेर मात्रै नहुने पनि स्पष्ट पार्नु भयो ।

संविधानका मस्यौदाकार समेत रहनु भएका नेता सिटौलाले संविधान परिवर्तनीय दस्ताबेज भएकाले यसलाई समयको माग अनुसार परिमार्जन गर्दै लैजान सकिने पनि स्पष्ट पार्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?